यसरि हेर्नुस SEE को रिजल्ट सबै भन्दा छिटो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेकाे छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको छ ।

बाेर्डका अनुसार परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् । हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।

मेसेज गरेर नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् ।
त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600) मा पठाउनुहोस् ।
त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।
त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।

Similar Posts