भोलि नेपाल बन्दको घोषणा (प्रेस विज्ञप्ति सहित)

६ साना कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ।एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिन लागेको बिषयमा छलफल गर्न बसेको बैठकले आकस्मिक रुपमा भोलि ‘नेपाल बन्द’को कार्यक्रम घोषणा गरेको छ।विप्लव नेकपा सहित ६ कम्युनिष्ट पार्टीले विगतदेखि नै एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका छन्।

राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि अर्थात् फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका हुन् ।आज घोषित सडक सङ्घर्षपछि नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्षगर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र

यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत,विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ ।

Similar Posts