प्रतितोला १९००० रुपैयाँले घटयो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । एक वर्षको अवधिमा छापावाला सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

गत वर्ष २०७८ को असार मसान्तमा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस वर्षको सोही अवधिमा आईपुग्दा भने घटको हो । यो वर्षको असार मसान्तमा सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत वर्षको असार मसान्तमा तेजावी सुनको भाउ ९७ हनार २ सय रुपैयाँ रहेको थियो भन यस वर्षको सोही अवधिमा घटेर ९३ हजार ३ सयरुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । एक वर्षमा चाँदी प्रतितोला ११० रुपैयाँले घटेको छ । गत वर्षको असार मसान्तमा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही अवधिमा भने घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ ।

Similar Posts