आज सार्वजनिक बिदा दिने !

काठमाडौं : महोत्तरीस्थित मटिहानी नगरपालिकाले मिथिला माध्यमिक परिक्रमाको अवसरमा आईतबार सार्वजनिक बिदा दिएको छ। मिथिलाको १५ दिवसीय परिक्रमाले

मटिहानीमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक विदा दिइएको हो। विदाका दिन विद्यालय र सार्वजनिक संघसंस्था नखुल्ने मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

हिन्दुहरुको ऐतिहासिक, पौराणिक र धार्मिक पदयात्रामा खालि खुट्टा नेपाल र भारतको १ सय ३३ किलोमिटर तय गरिन्छ। १५ स्थानमा विश्राम लिने माध्यमिक परिक्रमाको एक विश्रामस्थल मटिहानी पर्छ।

राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ जना सांसदको शपथ ग्रहण आज (शनिबार) हुँदैछ। बिहान ११ बजे संघीय संसद् सचिवालयमा १९ जना सांसदको शपथ ग्रहण कार्यक्रम राखिएको संसद् सचिवालयले जनाएको छ।

Similar Posts